अपी क्रिकेट कार्भिनलमा १२ टोली
काठमाडाैं | भदौ २८, २०८०
काठमाडौं: अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्भिनल’ हुने भएको छ ।
धापासी स्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ ।
सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन् ।
प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ । स्कुल स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको पनि संयोजक बस्यालले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

